सुनकोशी गाउँपालिका-९ की ३१ वर्षीया रोशिका गुरूङले ३४ वर्षीय पति रामहरि गुरुङले कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा प्रहरीमा उजुरी दिनु भएको छ ।
आरोपितले ०८१ वैशाख १९ गते कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले वैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा रहेको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएको बताउनु भयो ।
घरेलु हिंसा गरेको आरोपमा पीडितले महिला सेलमा उजुरी दिएको असइ अरुणकुमार साह बताउनु भयो ।
घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।