INSEC Online

📅 २०८३ जेष्ठ २१

उम्मेदवारलाई कुटपिट गरिएको भन्दै एमालेको विरोध

नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट गरिएको भनी आपत्ति प्रकट गरेको राससले जनाएको छ ।

कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले गिरफ्तार गरेको भए पनि छाड्नका निम्ति दबाव दिइरहेको जिकिर गर्दै पार्टीले तिनलाई कारबाहीको माग गरेको छ ।

पार्टीका स्थायी कमिटीका सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं ११ मा रोकेर हुलहुज्जत एवम् तोडफोड गर्ने कोशिशसमेत भएकामा पनि एमालेले निन्दा गरेको छ ।

एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले भदौ २९ गते जारी गरेको विज्ञप्तिमा निर्वाचन शान्तिपूर्ण हुन नदिने उद्देश्यका यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ । प्रदेश नं २ मा आगामी असोज २ गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

अन्य

भिडियो