१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले झापा जिल्ला गौरादह नगरपालिका–५ कोभारा घर भई महाँकाल गाउँपालिका–६, ठुलादुर्लुङ बस्ने ५१ वर्षीय डिल्लीराम शिवाकोटीलाई १२ वर्ष कैद र ५ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ ।
जिल्ला अदालतका मुख्य न्यायाधीश ऋषिराम आचार्यको ०८१ वैशाख १६ गतेको आदेशले उक्त सजाय तोकेर नख्खु कारागार चलान गरेको अदालतका सूचना अधिकारी राम सजिवन महतोले जानकारी दिनु भयो ।
पीडितलाई आरोपितले ०७९ वैशाख ४ गते पनि बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी वृत्त चापागाउँ, ललितपुरमा ०७९ वैशाख ५ गते उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई गिरफ्तार गरी ०७९ वैशाख २५ गते जिल्ला अदालत, ललितपुरमा पेश गरेकोमा जिल्ला अदालतको वैशाख २५ गतेको आदेश अनुरा आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ५ गते पाटन अस्पतालमा गरिएको थियो ।