INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

सभापोखरी गाउँपालिका-३ एथुम्बुका अपाङ्गता भएका ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा प्रहरीले  ३८ वर्षीय भाई प्रविन राईलाई गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा अपाङ्गता भएका दाजुलाई ०८१ वैशाख ७ गते कुटपिट गरी हत्या गरेको आरोप भाइ प्रविनलाई घटनास्थलबाटै सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अशोक जवेगुले बताउनु भयो ।

शवको पोष्टमार्टम वैशाख ८ गते जिल्ला अस्पतालमा गरिएको छ । पीडित पक्षले वैशाख ८ गते शव बुझी सभापोखरी गाउँपालिका-३ एथुम्बस्थित घाटमा सद्गत गरेको छ ।

अन्य

भिडियो