१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय टेकेन्द्र तामाङलाई वैशाख ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ वैशाख ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख ६ गते इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा वैशाख ६ गते गरिएको छ ।