३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका–१० का ३६ वर्षीय रामकिसुन चौधरीलाई ०८१ वैशाख ४ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ ।
पीडितको पति १५ महिनादेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया बस्दै आएको र ०८० चैत ११ गते पीडित घरमा एक्लै भएको मौका छोपि आरोपितले बलात्कार प्रयास गरेको भन्दै चैत १५ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।
आरोपितलाई वैशाख ४ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।