पतिको कुटपिटबाट घाइते भएकी मध्यनेपाल नगरपालकिा– ४ दुइपिप्लेकी ४० वर्षीया उजेली गुरुङको उपचारका क्रममा चैत २९ गते मृत्यु भएको छ ।
उजेलीलाई पति सितोराम दासले सामान्य विवादमा चैत २३ गते बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएपछि उपचारको लागि पोखरा स्थित गण्डकी अस्पताल लगेर आइसियुमा उपचार गरिएको थियो । उपचारको क्रममा गुरुङको चैत २९ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईंल जानकारी दिनुभयो ।
पति सितोराम दासलाई प्रहरीले चैत २४ गते नै गिरफ्तार गरि आरोपित विरुद्ध जिल्ला अदालतबाट २५ गते सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको चपाईंले बताउनुभयो ।