३५ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका आरोपित अर्नमा गाउँपालिका—२ का २५ वर्षीय शेखर शर्मा बरहीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८० चैत २६ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई फागुन १६ गते बलात्कार गरेकोले कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ०८० फागुन १७ गते उजुरी दिएको पीडितले बताइन । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा फागुन १७ गते भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी मुक्तिनाथ सापकोटाका अनुसार घटना पछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी अदालतबाट १० दिनको म्याद थप गराएको बताउनु भयो ।
पीडितलाई इन्सेकले १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको थियो ।