७० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका–१ पगनाथका ३५ वर्षीय रेशम दमाईलाई चैत २६ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले चैत २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत २६ गते दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपक मगराठीले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण चैत २६ गते जिल्ला अस्पतालमा गरिएको छ ।
घटनास्थल कागज र पीडितको उजुरी लगायतका संलग्न प्रमाणका आधारमा चैत २६ गते जिल्ला अदालतबाट सात दिनको म्याद समेत लिइ घटनाको अनुसन्धान थालिएको इन्स्पेक्टर मगराठीले बताउनुभयो ।