INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी पञ्चपुरी नगरपालिका –६ की ३७ वर्षीया पार्वती तारामीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि चैत २६ गते आर्थिक सहयोग गरेको छ ।

पीडित महिलालाई ४४ वर्षीय पति राजेश बहादुर तारामीले  ०८० माघ १६ गते कुटपिट गरेर घर निकाला गरेपछि पीडितले जिल्ला अदालतमा अंश र खाना खर्चको मुद्दा दर्ता गर्नु भएको थियो । अदालतले फागुन १८ गते पतिलाई मासिक दुई हजार रुपियाँ दिने आदेश भएको थियो ।  अदालतको उक्त आदेश पतिले कार्यान्वयन नगरेको भन्दै पीडितले चैत ५ गते जिल्ला अदालतमा आदेश कार्यान्वयन नगरेको भन्दै मुद्दा दायर गर्नु भयो । अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा चैत ७ गते निवेदन दिनुभएको थियो ।
थप कानुनी प्रकृयामा जानका लागि आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परेको पीडितले बताउनुभयो ।

पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको चैत २२ गते बसेको बैठकको निर्णय अनुसार नगद नौं हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक  प्रकृयामा जाँदा लाग्ने निवेदनशुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

Photo20240408Surkhet

अन्य

भिडियो