INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका कसुदार गिरफ्तार

नाै वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतबाट सजाय सुनाइएका वीरेन्द्रनगर नगरपालिका–१ का २१ वर्षीय सुरेशकुमार बुढालाई प्रहरीले चैत २१ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०७९ असार २ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका आफन्तले ०७९ असार १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।  प्रहरीले असार ११ मा गिरफ्तार गरेपछि ०७९ साउन ०४ गते आरोपितलाई जिल्ला अदालतले ५० हजार रुपियाँ धरौटीमा छोडेको थियो ।

जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रेष्ठको जेठ १२ गते इजलासले आरोपितलाई दुई महिना नौ दिन कैद सजाय तोकेका थियो । त्यस लगत्तै आरोपित फरार भएका थिए । आरोपितलाई गिरफ्तार गरी कैद भुक्तानको लागि चैत २२ गते जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७९ असार १० गते प्रदेश अस्पतालमा भएको थियो ।

अन्य

भिडियो