INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा अध्ययनरत छात्रामाथि शिक्षिकाद्वारा निर्घात कुटपिट

सुन्दरबजार नगरपालिका– ७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीया छात्रामाथि सोधेको प्रश्नको उत्तर नदिएको भन्दै शिक्षिका फराना मियाँद्वारा चैत ४ गते निर्घात कुटपिट भएकाे छ ।

घाइते बालिकाका अनुसार शिक्षिका मियाँले दुइ दिन अघि नै प्रश्नको उत्तर नजानेको भन्दै हातमा पिटेकाे बताउनुभयाे । सो क्रममा नै बालिकाको औलामा रगत जमेको थियो । ‘आइतबार १२ बजेतिर क्लासमा शिक्षिकाले मलाई पाँच ‌ ओटा प्रश्न सोध्नुभयो, पहिलो प्रश्न मिलाएपनि दोस्रो प्रश्नको उत्तर नजानेपछि उहाँले बाँसको लौरीले बेस्सरी पिट्नुभयो, हात दुखेको भनेपछि खुट्टामा पिट्न थाल्नुभो, दुख्यो भन्दा पनि पिट्न छाड्नुभएन ।’ पीडित बालिकाले बताउनुभयाे।

कुटाइका कारण पीडित बालिकाको दुवै खुट्टाका पिँडौला सुन्निएको छ भने, निलडाम स्पष्ट देखिन्छ । पीडित बालिकालाई सुन्दरबजार अस्पतालमा जाँचका क्रममा पिँडौलामा रगत जमेको पाइएको छ ।

चिकित्सकले घाउमा ड्रेसिङ गर्दै केहि साताका लागि औषधी दिएको घाइते बालिकाकी आमा देउमाया गुरुङले बताउनुभयाे । ‘हामीले विद्यालयमा राम्रा कुरा सिक्न पठाएका हौं, यसरी कुट्न पाइन्छ र ? कुटपिट गर्ने शिक्षिकामाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ देउमायाले बताउनुभयाे ।

सुन्दरबजार अस्पतालमा एक्सरे सुविधा नहुँदा आज अन्य अस्पतालमा उपचार गराउने तयारी रहेको बालिकाकी आमाले बताउनुभयाे । बालिकामाथि १२ बजे कुटपिट भएपनि स्कुल बन्द हुने समय ४ बजेपछि मात्र स्कुलबाट निस्कन दिइएको समेत पाइएको छ ।

घाइते बालिकाके परिवार लगाएत स्थानीयले कुट्ने शिक्षिकामाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।

विद्यालयका अध्यक्ष बद्रीमान श्रेष्ठले शिक्षिकाबाट कुटपिट भएको कुरा जानकारी प्राप्त भएको बताउदै उहाले  ‘म काम विषेशले बाहिर थिए, घटनाबारे जानकारी पाएको छु आज विद्यालय समयमै छलफलमा बोलाएको छु,  घटनाबारे म विस्तृत बुझ्छु ’ भन्नुभयाे ।

यस घट्नाबारे इलाका प्रहरी कार्यालय सुन्दरबजारमा मौखिक जानकारी समेत गराइएको छ । प्रहरीले विद्यालयको छलफलको निश्कर्ष आएपछि थप अनुसन्धान गर्ने जनाएको छ ।

nildam 080-12-5 lamjung

अन्य

भिडियो