१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–१ सुकचैनाका ५६ वर्षीय उमेश रायलाई ०८० चैत १ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।
पीडित घरमा एक्लै भएकाे माैका छाेपी आरोपित रायले ०७९ चैत १८ गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै ०८० वैशाख ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।
आरोपित रायलाई ०८० चैत १ गते गिरफ्तार गरी चैत २ गते जिल्ला अदालतबाट एक हप्ताको लागि म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।