INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

२८ वर्षीया महिलालाई बलात्कार गरेको फरार आरोपित हरिपुर नगरपालिका–४ का ३३ वर्षीय विक्रम कुमार चौधरीविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० फागुन २४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

आराेपितविरुद्ध जिल्ला अदालतमा ०७८ पुस ७ गते दायर भएको मुद्दा न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडित महिलालाई आरोपितले ०७८ कात्तिक १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा मङ्सिर ६ गते उजुरी दिनु भएकाे थियो । इलाका प्रहरी कार्यालय हरिपुरले मङ्सिर ८ गते उजुरी दर्ता गर्‍याे । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते जिल्ला अस्पताल मलंगमा गरिएको थियो ।

अन्य

भिडियो