INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडितद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता

घरेलु हिंसा पीडित महिलाले इन्सेकको सहयोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको छ । इन्सेक जिल्ला प्रतिनिधि , मानव अधिकार समूह र  जिल्ला कानुनी सहायता समिती कपिलवस्तुको समन्वयमा शुद्धोधन गाउँपालिका –१ सोहसा घर भई हाल कपिलवस्तु नगरपालिका– ११ पचेहरा माईती घरको आश्रयमा बस्दै आएकी ३९ वर्षीया गिता केवटले फागुन २२ गते पति ४० वर्षीय शिवप्रसाद केवटविरूद्ध जिल्ला अदालतमा घरेलु हिंसा , अंश सम्बन्धी र राजिनामा लिखत बदर सम्बन्धि मुद्दा दर्ता गराउनु भएको हो ।

पतिले हिंसा गर्ने, खान लाउन नदिने , बिरामी हुँदा उपचार खर्च नदिने , शारिरीक, मानसिक र आर्थिक हिंसा गर्नुका साथैै कुटपिट गरी घरबाट चार नाबाल सहित निकालेको पीडित केवटले बताउनु भयो ।

हाल आफन्तको सहारामा बस्दै आएकी पीडितले अदालतमा घरेलु हिंसा र अंश सम्बन्धी मुद्दा दर्ता गर्न आर्थिक तथा कानुनी सहयोगका लागि इन्सेकद्वारा गठित मानव अधिकार समूह कपिलवस्तुमा फागुन १७ गते र इन्सेक कपिलवस्तुलाई फागुन २० गते निवेदन दिनु भएको थियो ।

अन्य

भिडियो