३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० फागुन १६ गते कौडेना गाउँपालिका–५ का ३६ वर्षीय डिकेश कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
घरमा एक्लै भएको मौका छोपी आरोपितले फागुन ९ गते पीडितलाई कुटपित गर्नुका साथै बलात्कार प्रयास समेत गरेको पीडितले बताउनु भयो ।
घटना पश्चात आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दर्ता गराए लगत्तै आरोपित फरार भएकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।