२२ वर्षीया सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१० का ३७ वर्षीय आशाराम दासलाई इलाका प्रहरी कार्यालय लहानले ०८० फागुन १४ गते गिरफ्तार गरेको छ ।
आरोपितले युवतीलाई फागुन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन १४ गते उजुरी दिएको पीडितकी आमाले बताउनु भयाे ।
पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा फागुन १४ गते भयो ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट फागुन १५ गते ७ दिनको म्याद थप गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले बताउनु भयो ।