६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–१६ हटियाका ३२ वर्षीय विकल थापालाई ०८३ असार ४ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई जेठ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएको थियो ।
बालिकाको स्वास्थ्य परिक्षण असार १ गते हेटौंडा अस्पतालस्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा गरिएको छ।