INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार पीडित बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान

सात वर्षीया बलात्कार पीडित बालिकालाई कानुनी प्रकृयामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडितको घरको आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रकृयामा जान समस्या परेको भन्दै पीडितका आफन्तले सहयोगका लागि फागुन २ गते इन्सेक जिल्ला प्रतिनिधिलाई निवेदन दिनु भएको थियो ।
पीडित पक्षको निवेदन र इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि कूलबहादुर नेपालीको सिफारिसमा पीडितलाई १० हजार रूपियाँ सहयोग प्रदान गरिएको हो ।
पीडितलाई आरोपितले ०८० कात्तिक २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० पुस २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण पुस २५ गते अर्घाखाँची अस्पताल सन्धिखर्कमा भएको थियो ।
पीडितको आर्थिक अवस्था कमजोर रहेकोले पीडितलाई कानुनी प्रकृयाका लागि न्यायिक निकायमा जान आउन र आवश्यक खर्चमा सहयोग पुर्याउने  उद्देश्यले फागुन ४ गते रकम हस्तान्तरण गर्नु भएको थियो ।

अन्य

भिडियो