१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका–२ का १८ वर्षीय निकेश कुमार यादवलाई इलाका प्रहरी कार्यालय लहानले ०८० फागुन ३ गते गिरफतार गरेको छ ।
आरोपितले बालिकालाई फागुन २ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा फागुन २ गते उजुरी दिएको बालिकाको दाजुले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित प्रादेशिक अस्पतालमा फागुन २ गते भएको थियो भने थप उपचार बिराटनगर स्थित नोबेल अस्पतालमा भै रहेको छ ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टले बताउनु भयो ।