INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० माघ २१ गते बलरा नगरपालिका–१ हथियौलका ३६ वर्षीय महेश यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

आरोपितले पीडितलाई माघ ६ गते पीडितकै घरमा आइ कुटपिट तथा बलात्कार प्रयास समेत गरेको पीडितको आरोप रहेको छ ।

घटना पश्चात उजुरी दिएको थाहा पाए लगत्तै आरोपित यादव फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

अन्य

भिडियो