पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले भूमिकास्थान नगरपालिका– ७ का ५९ वर्षीय रेनबहादुर नेपालीलाई जन्मकैदकाे फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधीश श्रीकृष्णजंग शाहको माघ १७ गतेको इजलासले कसुर ठहर गर्दै जन्मकैद सजायसँगै सात लाख रूपियाँ जरीबाना वापतको रकम क्षतिपूर्ति पीडितलाई भराउन आदेश भएको अदालतका स्रेस्तेदार नारायण पौडेलले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७९ वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध वैशाख १ गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई वैशाख १ गते घरबाट गिरफ्तार गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत वैशाख २३ गते जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरेकाे थियो ।
पीडितको स्वास्थ्य परीक्षण अर्घाखाँची अस्पताल, सन्धिखर्कमा वैशाख १ गते गरिएको थियो ।