१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ४५ वर्षीय पीडितका आफन्तलाई नौ वर्ष ६ महिना कैद र ५० हजार रूपियाँ क्षतिपूर्तिको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधीश श्रीकृष्णजंग शाहको माघ १५ गतेको इजलासले कसुर ठहर गर्दै कैद सजाय र क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका नासु रामप्रसाद आचार्यले जानकारी दिनु भयो ।
पीडितलाई आरोपितले ०७९ कात्तिक ९ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई कात्तिक ११ गते गिरÏतार गरेको थियो । जिल्ला अदालतले ०७९ कात्तिक ३० गते हाडनाता जबरजस्ती करणी प्रयासको अभियोगमा मुद्दा दर्ता भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७९ कात्तिक ११ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भएको थियो ।