६४ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-९ गुरुङ गाउँका ३८ वर्षीय दिलिप सुनुवारविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।
पीडित ज्येष्ठ नागरिकलाई आरोपितले ०८० पुस १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १३ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बालिस्टर सिंहले बताउनु भयो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १४ गते गरिएको छ ।