INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ताप्लेजुङ जिल्ला, फुङलिङ नगरपालिका-९का २० वर्षीय दीपेश विकलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतको ०८० पुस ११ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला सुनाएको श्रेस्तदार दिलिपकुमार सिँहले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ साउन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले साउन २६ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०७९ भदौ १७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपित ०७९ भदौ १८ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल भद्रपुर, ०७९ साउन २५ गते गरिएको थियो ।

अन्य

भिडियो