जिल्ला कारागार कार्यालय, खाँदवारीमा वरिष्ठ प्रहरी हवल्दार पदमा कार्यरत खाँदवारी नगरपालिका–१ का ४१ वर्षीय डीकबहादुर तामाङ्गको पुस १६ गते शङ्कास्पद मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले डिकबहादुुर बिरामी अवस्थामा भेटिएको भनि विहान ४ बजे कारागार कार्यालयबाट फोन आएको र आफूले अस्पतालमा भर्ना गर्न निर्देशन दिएर आफू तत्काल अस्पताल पुगेको बताउनु भयो ।अस्पताल प्रशासनले भने बिहान ४ बजे डीकबहादुर अस्पताल ल्याउँदा उपचार अघि नै मृत्यु भएको जानकारी दिएको छ ।
मृतकका परिवारले डिकबहादुरको शव हेर्न नदिएको, मोवाइल लुकाएर राखेको आरोप लगाएका छन् । पीडित परिवारले मृत्यु शङ्कास्पद भएको भन्दै जिल्ला अस्पताल घेराऊ गरेका छन् । अहिले जिल्ला अस्पताल परिसर तनावग्रस्त छ ।