INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नीको हत्या गरेको भन्दै पति आफैँ प्रहरी कार्यालयमा

वीरेन्द्रनगर नपा-१२ चनौटेकी १८ वर्षीया पवित्रा नेपालीलाई बन्चरो प्रहार गरी हत्या गरेको भन्दै १९ वर्षीय पति चक्रबहादुर परियार साउन ३२ गते आफैँ जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् ।

विवाह भएको दुई महिनामा घरायसी विषयमा भएको विवादमा पत्नीको घाटी र शरीरका विभिन्न भागमा पतिले बन्चरो प्रहार गरी साउन ३२ गते हत्या गरेको स्थानीयबासी बसन्त बिकले बताए ।

हत्यापछि आफैँ जिल्ला प्रहरी कार्यालयमा पुगेका आरोपित र घटनाका सम्बन्धमा अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहन आचार्यले जानकारी दिए । मृतकको शवको पोष्टमार्टम क्षेत्रीय अस्पताल सुर्खेतमा भदौ १ गते गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो