INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २५ वर्षीय आनन्द धामीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पुस १२ गते उजुरी दर्ता भएको छ ।

जैर गाउँमा पुस ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ११ गते प्रहरीमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

पीडितको उजुरीका आधारमा आरोपित विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी हाल आरोपितको खोजी कार्य भइरहेको इन्स्पेक्टर भट्टराईले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १२ गते जिल्ला अस्पतालमा भएको डा. रोसन रावतले जानकारी दिनुभयो ।

अन्य

भिडियो