INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा ११ वर्ष कैद सजाय

१३ वर्षीया बालिकालाई सुखिपुर नगरपालिका–६ का २२ वर्षीय रामकुमार रामले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाले ११ वर्ष कैद र ५० हजार रुपियाँ जरीवानाको फैसला ०८० पुस ४ गते गरेको छ ।

जिल्ला अदालतका न्याधिश मनोज केसीको एकल इजलासले सो फैसला गरेको हो ।

आरोपितले बालिकालाई ०७७ जेठ १७ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा ०७९ जेठ १८ गते उजुरी दिएका थिए । साही दिन बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले आरोपितलाई जेठ १८ गते गिरफ्तार गरेको थियो भने आरोपित जिल्ला अदालतको आदेशमा असार २ गते देखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।

अन्य

भिडियो