१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिराहा नगरपालिका-१७ का २५ वर्षीय रंजीत यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा पीडित परिवारले मङ्सिर २९ गते उजुरी दिए।
आरोपितले बालिकालाई मङ्सिर २८ गते बलात्कार गरेकोले करबाहीको लागि उजुरी दिएको बालिकाकी आमाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा मङ्सिर २९ गते भएको छ।
आरोपित फरार रहेकोले खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रविन्द्रराज पाण्डेले बताउनु भयो ।