१७ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपितहरू नवराजपुर गाउँपालिका—३ का २१ वर्षीय जितेन्द्र यादव र २० वर्षीय सन्तोष यादव विरुद्धको मुद्दा जिल्ला अदालतले ०८० मङ्सिर २६ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधिश मनोज केसीको एकल इजलासले सो फैसला गरेको हो ।
आरोपितहरूले बालिकालाई ०७८ फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन २८ गते उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा फागुन २८ गते भएको थियो । सोही दिन इलाका प्रहरी कार्यालय लहानले उजुरी दर्ता गर्यो । ०७९ फागुन १८ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहित पक्राउ पुर्जी जारी भए पनि आरोपितहरू हाल सम्म गिरफतार भएका छैनन् ।