INSEC Online

📅 २०८३ जेष्ठ २१

जोखिमपूर्ण यात्रामा भारत जान लागेका सात जना महिलाको उद्धार

कृष्णनगरको बाटो हुदै जोखिपूर्ण यात्रामा तेस्रो मुलुक जान थालेका सात जना महिलालाई मङ्सिर १२ गते  शिवराज नगरपालिकास्थित चन्द्रौटाबाट उद्धार गरिएको छ ।

भारतको बोर्डर हुँदै तेश्रो मुलुक जान थालेका उदयपुर जिल्लाकी २४ वर्षीया, चितवन जिल्लाकी ३१ वर्षीया, बारा जिल्लाकी २४ वर्षीया, सिन्धुपाल्चोक जिल्लाकी २२ वर्षीया, सप्तरी जिल्लाकी २२ वर्षीया , सुनसरी जिल्लाकी २२ वर्षीया र झापा जिल्लाकी २७ वर्षीया महिलालाई बिशेष सूचनाको आधारमा उद्धार गरिएको शान्ती पुनस्र्थापना गृहकी संयोजक बसन्ती जीसीले जानकारी दिनु भयो ।

कृष्णनगर सेमा नाका भएर भारत जाने र ६ जना कुवेत र  ओमनको लागि हिडेका एक जना रहेको  शान्ती पुनस्र्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले बताउनु भयो । शान्ती पुनस्र्थापना गृह कपिलवस्तुले  इलाका प्रहरी कार्यालय, कृष्णनगरको सहयोगमा उद्धार कार्य गरेको थियो ।

महिलाहरुको साथमा कुनै कागजात नभएको र को मार्फत तेश्रो मुलुक जदैछु भन्ने  बिषयमा खुलेर नबताए पछि थप अनुसन्धान भइरहेको र उनीहरूलाई शान्ती पुनस्र्थापना गृह, कपिलवस्तुमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिनु भयो ।

अन्य

भिडियो