INSEC Online

📅 २०८३ जेष्ठ २१

चिसोले त्रिपालमुनि बस्दै आएका ६ जनाकाे भूकम्प पीडितको मृत्यु

चिसोले त्रिपालमुनि बस्दै आएका ६ जना  भूकम्प पीडितको मृत्यु भएको छ ।

आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जना गरी ६ जना भूकम्प पीडितको मृत्यु भएको हो ।

आठविसकोट नगरपालिका–१४ का वडा अध्यक्ष हुकुम बहादुर पुनका अनुसार वडाको पिपलचौर गाउँमा दुई जनाको मृत्यु भएको छ । त्रिपालमुनि बस्दै आउनुभएका ६८ वर्षीय टिकु जैसीकाे मङ्सिर १० गते र ६२ वर्षीया खगी जैसीको मङ्सिर १२ गते मृत्यु भएको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो ।

त्यसै गरी सोही नगरपालिका वडा नम्बर ११ मा तीन जनाको मृत्यु भएको छ । ७० वर्षीय दत्ते पुनकाे कात्तिक ३० गते , ८० वर्षीया पद्मी ओलीकाे मङ्सिर ५ गते  र ७५ वर्षीय नौले पुन मगरको मङ्सिर ११ गते मृत्यु भएको हो ।

सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको मङ्सिर १० गते मृत्यु भएको वडाध्यक्ष पुनले बताउनुभयो । भूकम्पले घर बस्न नमिल्ने भएपछि उहाँहरू त्रिपालमुनि बस्दै आउनुभएको थियो ।

मृतकहरुमा ज्येष्ठ नागरिकहरू र दीर्घ रोगीहरु रहेको समेत बताइएको छ ।

अन्य

भिडियो