INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण, शरीर बन्धक तथा बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१८ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक बनाइ बलात्कार गरेको कसुरमा मलंगवा नगरपालिका–७ का ३४ वर्षीय अभिनाश कुमार यादव भन्ने अखलेश्वर यादव र चक्रघट्टा गाउँपालिका–६ का २९ वर्षीय प्रमोद कुमार राय भन्ने प्रमोद रायविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० मङ्सिर ७ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

आरोपितहरु विरुद्ध जिल्ला अदालतमा ०७९ माघ २० गते दायर भएको मुद्दामा जिल्ला अदालतका न्यायाधिश कमल प्रसाद पोखरेलको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडितलाई आरोपितले ०७९ मङ्सिर २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा माघ १५ गते उजुरी दिनु भएको थियो । जिल्ला प्रहरी कार्यालयले माघ १६ गते उजुरी दर्ता गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १६ गते जिल्ला अस्पताल मलंगवामा गरिएको थियो ।

अन्य

भिडियो