हरिहरपुरगढ गाउँपालिका-१, शिखरडाँडाका बुबा ७२ वर्षीय बुद्धिमान घिसिङको रडले टाउकोमा हानेर हत्या गरेको आरोपमा ३२ वर्षीय दावा घिसिङलाई प्रहरीले ०८० मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।
मदिरा सेवन गरेका आरोपितले मङ्सिर ६ गते छोरालाई विनाकारण कुटपिट गर्न खोज्दा बुद्धिमानले नातीलाई कुट्न नदिएपछि रडले टाउकोमा हिकाई हत्या गरेको परिवारको भनाई छ ।
सामान्य घरयासी विवाद हुँदा बुबाको हत्या भएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
प्रहरीलाई घटनाको बारेमा जानकारी भएपछि मङ्सिर ६ गते राति प्रहरी घटना स्थलमा पुगेको डिएसपी दाहालले बताउनु भयो । शव पोष्टमार्टमका लागि मरिण गाउँपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र, कपिलाकोटमा ल्याइएको छ ।