INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनामा ११ वर्ष कैद सजाय सुनाइएका फरार आरोपित १२ वर्षपछि गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पर्वत जिल्ला अदालतले ११ वर्ष कैद सजाय सुनाइएका फरार अभियुक्त पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीका ३८ वर्षीय सागर नेपालीलाई १२ वर्षपछि कात्तिक १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बलात्कार कसुरमा तत्कालीन पुनरावेदन अदालत बागलुङ (हाल उच्च अदालत पोखरा बागलुङ इजलास, बागलुङ) ले २०६८ चैत ८ गते ११ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका आरोपित नेपालीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरी  कात्तिक २२ गते फैसला कार्यान्वयनका लागि अदालत पठाएपछि पर्वत कारागारमा सजाय भुक्तानका लागि पठाइएको इन्सपेक्टर केशव केसीले जानकारी दिनुभयो ।

अन्य

भिडियो