INSEC Online

📅 २०८३ जेष्ठ २१

दोस्रोपटक भूकम्प : रुकुम पश्चिममा थप सात जना घाइते

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर दोस्रोपटककाे  भूकम्पमा परी कात्तिक २० गते रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका चार जना, चौरजहारी नगरपालिकाका दुई जना र सानीभेरी गाउँपालिकाका एक जना गरी सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नमराज भटटराइले जानकारी दिनुभयो ।

आठविसकोट नगरपालिकाका प्रमुख नगर प्रमुख रबि केसीका अनुसार वडा नम्बर ११ का ३७ वर्षीय बिरबाहदुर बुढा, सोहि वडा की ३० वर्षीया सुवासना आग्री, वडा नम्बर १२ का २२ वर्षीय सुरज बिक र सोहि वडा का ५ वर्षीया ज्ञानिल बिक घाइते हुनुभएको छ ।  घाइते चार जनाको उद्धार गरेर अहिले राडिबजारस्थित नगर अस्पतालमा उपचारको लागि भर्ना गरिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो ।

त्यसैगरी, भूकम्पमा परेर घाइते चौरजहारी नगरपालिका–४ का १५ वर्षीया लक्ष्मी नेपाली र वडा नम्वर ७ का ३१ वर्षीय उदयराज कामीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।  सानीभेरी गाउँपालिका–४ आमलाटाकुरा गाउँका घाइते एक जनाको सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Photo20231107RukumPaschim (4)

Photo20231107RukumPaschim (3)

Photo20231107RukumPaschim (1)

Photo20231107RukumPaschim (2)

 

अन्य

भिडियो