INSEC Online

📅 २०८३ जेष्ठ २१

रुकुम पश्चिममा भूकम्पमा परी ३८ जनाको मृत्यु,उद्धारकार्य जारी

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते मध्यरातीमा गएको भूकम्पमा परेर रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पर्दा सम्म मृत्यु भएका २८ जनाको परिचान भएको छ भने ८ जनाको पहिचान हुन बाकिँ छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरुमा जिल्लाको आठविसकोट नगरपालिकाका १८ र सानीभेरी गाउँपालिकाका १० जना रहेका छन ।

मृत्यु हुनेहरुमा आठविसकोट नगरपालिका – ११ ३५ वर्षीया शिला कामी,  १३ वर्षीया सिर्जना कामी, ९ वर्षीया रिया कामी, ६ वर्षीया दिया कामी, ४ वर्षीया आशा कामी, १८ महिनाकी एलिसा कामी रहेका छन ।

त्यसैगरी सोहि नगरपालिका –१२ सानीबार्खुका  १४ वर्षीय  रमेश पुन र १३ वर्षीय डिल बहादुर के।सी , वडा नम्वर १४ वर्षीय बासु बुढा, ३० वर्षीया अमृता जैसी,  ५ वर्षीया भावना जैसी, २ वर्षीय दिपेन जैसी, १२ वर्षीया सरिता विक, १३ वर्षीय  मदन गौतम र ८३ वर्षीय करे नेपालीको मृत्यु भएको छ ।

भूकम्पमा परेर  पूर्वी रुकुम घर भइ  आठविसकोट नगरपालिका –१४ मा कोठा भाडामा बस्ने गाडि चालक ३० वर्षीय किस्मत पुन मगर, जिल्ला बर्दिया घर भइ कामको सिलसिलामा आएका ४७ वर्षीय  खड्क विक र  ३६ वर्षीय अनिल विकको पनि मृत्यु भएको छ ।

त्यसैगरी सानीभेरी गाउँपालिका –१ चाइनाबगर ३१ वर्षीय धनविर पुन, २८ वर्षीया चुम्निमा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीया सितम पुन, वडा नं २  परियार टोल बस्ने १२वर्षीया  मनिषा परियार, वडा नं ४ बस्ने २५ वर्षीया सन्तदा दमाइ, ६ वर्षीय कृष्ण परियार,  ८ वर्षीय निर्जल चन्द, १० महिनाको शिशु रेजन ओली रेगन र वडा नम्वर १ की ६० वर्षीया सरस्वती बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भूकम्पमा परेर १ सय ४३ जना  घाइते भएका छन । घाइते मध्य गम्भीर अवस्थामा रहेका पाँच जनालाई हेलिकप्टर र १२ जनालाई हवाई जहाज मार्फत उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिका –११ का ३० वर्षीय तेजेन्द्र नेपाली, वडा नम्वर १० का ४१ वर्षीया रत्न कुमारी दमाई र वडा नम्वर १३ का ३० वर्षीया धनमाया पुन, वडा नम्वर १४ का ४ वर्षीय प्रताप बिक र ३८ वर्षीय गणेश मल्ललाई थप हेलिकप्टर मार्फत थप उपचारको लागि सुर्खेत पठाईएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत उहाँहरुलाई सुर्खेत पठाईएको हो ।

त्यसै गरी जिल्ला अस्पताल सल्लेमा १२ जनालाई थप उपचारको लागि नेपाल वायु सेवाको हवाई जहाज मार्फत नेपालगञ्ज पठाइएको छ ।
भूकम्पको कारण घाइते भएका १ सय ४३ जना मध्य अन्य बाँकिको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल सल्लेमा २७ जना, चौरजहारी अस्पतालमा २१ जना, आठविसकोट नगर अस्पतालमा ३९ जना र सहिद स्मृति अस्पताल सानीभेरीमा ३६ जनाको उपचार भइरहेको छ ।

भूकम्पको कारण भत्किएका विभिन्न संरचनाको कारण १ सय ४२ जना घाईते भएको बताईएको छ । घाईतेहरुको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।  जिल्लाका अन्य स्थानमा पनि मानविय क्षति भएको सूचना आएको र विवरण संकलनहुँदै गरेको प्रहरीको भनाइ छ ।

Photo20231104RukumPaschim (10)

 

Photo20231104RukumPaschim (11)

 

Photo20231104RukumPaschim (8)

 

Photo20231104RukumPaschim (7)

 

Photo20231104RukumPaschim (4)

 

Photo20231104RukumPaschim (2)

 

 

अन्य

भिडियो