INSEC Online

📅 २०८३ जेष्ठ २१

उपाध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत २७ वर्षीय कृष्णप्रसाद ज्ञवालीलाई गाउँपालिकाका उपाध्यक्ष २९ वर्षीय होमप्रकाश चौधरी कुर्मीले कात्तिक १६ गते कार्यकक्षमै कुटपिट गरेका छन् ।

आरोपितले  कार्यकक्षमा प्रवेश गरी हातपात गर्दै गाली गलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनु भयो ।

पीडितले कार्यालयमा काम गर्ने वातावरण सृजना गरी दिन र आरोपितलाई प्रचलित कानुन बमोजिम कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा कात्तिक १६ गते आरोपितविरूद्ध उजुरी दिनु भएको छ ।

सञ्चारकर्मीहरूसँग कुराकानी भइरहेको बेला गाडी चाहियो भन्दै एक्कासी कार्यकक्षमा आएर हातपात गर्नुका साथै गालीगलोज गरेको अधिकृत ज्ञवालीले बताउनु भयो ।

अधिकृत ज्ञवालीका अनुसार सरकारी गाडी दैनिक घर लैजाने र दुरूपयोग गर्दै आए पछि कार्यपालिकाको बैठकले निर्णय गरेर गाडी आफूलाई प्रयोग गर्न दिएको अधिकृत ज्ञवालीले बताउनु भयो ।

उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोकआदेश गर्दा बेवास्ता गर्दै फर्काउने गरेको र काम विशेषले कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भएको बताउनु भयो ।

घटना पश्चात गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीको अध्यक्षतामा कात्तिक १६ गते बैठक बस उपाध्यक्ष चौधरी कुर्मीलाई गिरफ्तार गरी कारबाही गर्न माग गरेका छन् । उनलाई कारबाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय समेत गरेका छन् ।

गाउँपालिका कमलेश शरण चौधरीकार अधिकृत ज्ञवाली लगायतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई कात्तिक १६ गते  ज्ञापनपत्र बुझाउदै कडा कारबाहीको माग गरेका छन् ।

अन्य

भिडियो