मायाँदेवी गाउँपालिका –८ बरकुलकी २६ वर्षीया सन्ध्या चमारको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति २६ वर्षीय बिनयकुमार चमारलाई कात्तिक ८ गते गिरफ्तार गरी कात्तिक १५ गते सार्बजनिक गरेको छ ।
घरायसी विवादका कारण कात्तिक ८ गते आरोपितले कुटपिट गरेको र सन्ध्याले घाँटीमा लगाएको कालो रंगको मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी गंगाबहादुर थापाले सार्बजनिक कार्यक्रममा बताउनु भयो ।
मृतकका माइती पक्षले घटना शङ्काष्पद भएको भन्दै कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका क्रममा आरोपितले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टमको कात्तिक १२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल गरी माइती पक्षलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी थापाले जानकारी दिनु भयो ।