INSEC Online

📅 २०८३ जेष्ठ २२

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई ०८० असोज २८ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले धनुषा, मिथिला बिहारी नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई विराटनगर महानगरपालिका-३ बाट गिरफ्तार गरेको हो ।

पीडित युवतीले आरोपितविरूद्ध असोज २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित तीनै जनालाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा असोज २८ गते गरिएको छ ।

अन्य

भिडियो