५६ वर्षीय आमालाई बलात्कार प्रयास गरेको आरोपमा पीडितले ३६ वर्षीय छोराविरुद्ध ०८० असोज २७ गते इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिनु भएको छ ।
पतिले बहुविवाह गरेपछि छोरासँग बस्दै आएकी पीडितलाई असोज २६ गते छोराले बलात्कार प्रयास गरेको पीडितले बताउनु भएको छ ।
पीडितको स्वास्थ्य परीक्षण असोज २७ गते प्रादेशिक अस्पताल कलैया भएको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर घनश्याम श्रेष्ठले जानकारी दिनु भएको छ । घटना पश्चात आरोपित फरार भएको खोजतलास भइरहेका उहाँले बताउनु भएको छ ।