INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६ महिना कैदको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १४ वर्षीय बालकलाई ०८० असोज २४ गते ६ महिना कैद सजायको फैसला  सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश श्री कृष्णजंग शाहको इजलासले बलात्कारको कसुर ठहर गर्दै आरोपित बालकलाई ६ महिना कैद सजाय र पीडित बालिकालाई सरकारी राहत कोषबाट ५० हजार रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मुद्दा फाँटका नायब शुब्वा रामप्रसाद आचार्यले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७९ फागुन २० गते आफ्नै घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ चैत १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपित बालकलाई चैत १४ गते घरबाट गिरफ्तार गरी अनुसन्धान पछि चैत २८ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत बलात्कारको मुद्दा अदालतमा गरी अदालतले बालकलाई अभिभावकको जिम्मा लगाएको थियो ।

अदालतको फैसला ६ महिना कैद सजाय भए अनुसार आरोपित बालकलाई ६ महिना बाल सुधार गृहमा पठाउने फैसला गरेको मुद्दा फाँटका नाशु आचार्यले दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १४ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा गरिएको थयो ।

अन्य

भिडियो