INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा ६ वर्ष कैद

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा ईश्वरपुर नगरपालिका–१२ का ३३ वर्षीय कृतिमान गोलेलाई जिल्ला अदालत सर्लाहीले ०८० असोज २३ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै ६ वर्ष कैद सजाय र ७५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडितलाई ०७८ जेठ १८ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा ०७८ असार १६ गते उजुरी दिनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार १७ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

अन्य

भिडियो