२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका–४ का ३४ वर्षीय रामकिशोर साह तेली विरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असोज २२ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतमा ०७९ चैत २० गते दायर भएको मुद्दामा न्यायाधिश चन्द्रकान्त पौडेलको इजलासले मुल्तबीमा राख्ने फैसला गरेको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।
पीडितलाई आरोपितले ०७९ फागुन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा चैत १० गते उजुरी दिनु भएको थियो । जिल्ला प्रहरी कार्यालयले चैत १३ गते उजुरी दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते जिल्ला अस्पताल मलंगवामा गरिएको थियो ।
आरोपित साह हालसम्म फरार रहेकोले उनी विरुद्धको मुद्दा अदालतले मुल्तबीमा राख्ने फैसला गरेको श्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।