INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँचदिन देखि बालिका सम्पर्क विहीन भएपछि खोजविनका लागि प्रहरीमा उजुरी दर्ता

खार्पुनाथ गाउँपालिका–२ थाली घर भइ नाम्खा गाउँपालिका–४ स्थित माहाबौद्ध माध्यामिक विद्यालय याल्बाङमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया सुजाता रावल पाँचदिन देखि सम्पर्क विहीन भएपछि पीडितकी भिनाजु चिन बोहराले खोजविनका लागि असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

जिल्ला स्थित हिमालयन चिल्ड्रेन सोसाइटी छात्रावासले बालिकालाई निष्कासन गरेपछि पाँचदिन देखि बालिका सम्पर्क विहीन भएको बोहराले जानकारीदिनु भयो।

छात्रावासका शिक्षक र शिक्षिकाले बालिकालाई शरीरिक तथा मानसिक तनाव दिनुका साथै प्रहरीसँग भेटघाट गर्ने गरेको आरोपमा छात्रावासबाट असोज ७ गतेको निर्णयपछि बालिकालाई असोज ११ गते छात्रावासबाट निष्कासन गरेको बोहराले बताउनुभयो ।

उजुरीपछि घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सई ओम बहादुर केसीले बताउनुभयो ।

अन्य

भिडियो