५७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा ईश्वरपुर नगरपालिका–५ का ४८ वर्षीय सुर्य बहादुर स्याङवोलाई जिल्ला अदालत सर्लाहीले ०८० असोज १० गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश श्री विनोद कुमार गौतमको इजलासले आरोपितलाई कसुर ठहर गर्दै पाँच वर्ष कैद सजाय र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।
पीडितलाई आरोपित स्याङवोले २०७६ साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय केशरगंजमा भदौ ८ गते उजुरी दिनु भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा भएको थियो ।