फाल्गुनन्द गाउँपालिका-४ की ५२ वर्षीया यसोदा राईको हत्याको आरोपमा पति ४२ वर्षीय बञ्चरे भनिने इन्द्र बहादुर चेम्जोङलाई ०७४ असार २९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरीका आधारमा आरोपितमाथिको प्रहरीको प्रारम्भिक अनुसन्धानपछि असार ३० गते मुद्दा समेत दर्ता गरि कारवाही प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोखरेलले जानकारी दिए ।
पीडित पक्षका अनुसार पीडित महिलालाई असार २९ गते फाल्गुनन्द गाउँपालिकास्थित रमेते भन्ने ठाउँमा बाटोमा आरोपितले ढुङ्गाले प्रहार गरि हत्या गरेका थिए । शवको सोही दिन जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको प्रहरीले जनायो ।