INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्ग बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया अपाङ्ग बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नगरपालिका–१२ का ६० बर्षीय राना साईला भनिने सोमबहादुर लुङ्गवालाई रतनपुर स्थाई प्रहरी पोष्टबाट खटिएका प्रहरी टोलीले असोज ५ गते निजगढ नगरपालिका–११ स्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको छ ।

पीडितका अनुसार असोज ५ गते आफू घरमा एक्लै भएको मौका छोपी आरोपितले बलात्कार गरेको हाे । घटनाको सूचना पाए लगत्तै स्थाई प्रहरी पोष्ट रतनपुरको टोली र इलाका प्रहरी कार्यालय निजगढका टोली समेत घटना अस्थलमा पुगेका थिए । पीडितकी आमाले असोज ६ गते आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असोज ६ गते प्रादेशिक अस्पताल कलैयमा भएको छ ।

पीडित पक्षले दिएकाे उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका इन्सपेक्टर धनश्याम श्रेष्ठले बताउनु भयो

अन्य

भिडियो