INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा ६ वर्ष कैद

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिवन नगरपालिका–६ का २८ वर्षीय दिपकराज कार्कीलाई जिल्ला अदालत सर्लाहीले भदौ १९ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश कपिप्रसाद न्यौपानेको इजलासले आरोपितलाई कसुर गरेको ठहर गर्दै ६ वर्ष कैद र पीडितलाई ७५ हजार रुपियाँ क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो । आरोपित पुर्पक्षका लागि सिन्धुली जिल्ला कारागारमा रहेको स्रेस्तेदार अधिकारीले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपित कार्कीले २०७९ असोज ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिवनमा ०७९ असोज ३० गते उजुरी दिनु भएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७९ असोज ३१ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।

अन्य

भिडियो